छुट्ला है इष्टर्न हाइड्रोपावर आईपीओमा आवेदन दिन



काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओरु मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीको आईपीओमा आज कार्यालय समयसम्म मात्रै आवेदन दिन सकिने छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ६ लाख ७० हजार ३१० कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता सर्वसाधारणका लागि छुट्याएको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु