मंगलबारको सार्वजनिक बिदाले इष्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय थपियो



काठमाडौं । मंगलबार सार्वजनिक बिदा परेका कारण इष्टर्न हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने समय थपिएको छ ।

सार्वजनिक विदा नपरेको भए आज कार्यालय समयसम्म मात्रै आवेदन दिन पाइने थियो । मंगलबार बिदा परेका कारण आवेदन दिने समय एक दिन थपिएको हो ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ६ लाख ७० हजार ३१० कित्ता आईपीओ निष्कासन गरेको छ । जसमा ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ता सर्वसाधारणका लागि छुट्याएको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि(आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु