कात्तिक १७ अघि आमसभा गरे निर्वाचन आयोगले उम्मेदवारी खारेज गर्ने



काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेअघि उम्मेदवाले आमसभा गरेमा उम्मेदवारी खारेज गरिदिने चेतावनी दिएको छ ।

राजनीतिक दलका उम्मेदवारहरु तथा स्वतन्त्र उम्मेदवारहरुले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगैै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो । निर्वाचन आचारसंहीता कन्द्रिय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताअनुसार निर्वाचन हुने दिनभन्दा १७ दिन अघिदेखि (कार्तिक १८ गतेदेखि) मात्रै प्रचारप्रसार गर्न पाइने बताए ।

‘आयोगले तोकेको मितिअघि कोणसभा तथा आमसभामा गरिए आचारसंहिताको उल्लंघन हुनेछ । त्यस्ता उम्मेदवाहरूको मनोनयन खारेज गर्ने कठोर निर्णय आयोगले लिनेछ,’ उनले भने । दलहरूले कात्तिक १८ गतेबाट मात्रे प्रचार(प्रसार गर्न पाउनेछन् ।

आयुक्त भण्डारीले उम्मेदवारहरुले घरदैलो कार्यक्रम गर्न पाउने र त्यसमा २५ जनाभन्दा बढी सहभागि हुन नपाउने प्रावधानलाई पनि पालना गर्न उम्मेदवारहरुलाई आग्रह गरे ।

घरदैलोमा बाजागाजा र तामझाम गरिरहेको उजुरी आयोगमा परेको भन्दै उनले त्यस्ता कार्य नगर्न आग्रह गरे । घरदैलोमा तामझाम र बाजागाजा गर्नुपनि आचारसंहिता विपरित हुने उनको भनाइ छ । आचारसंहीताको परिधिभित्र बसेर कानूनी सजाय नपाउनेगरी घरदैलो गर्न उहाँले उम्मेदवारहरुलाई आग्रह गरे ।

कतिपय उम्मेदवारहरुले उधारो भिसा बाँड्न शुरु गरेको उनले बताए । ‘ खाडी मुलुकमा रोजगारी दिन्छु तँ यहाँ जाने भनेर उधारो भिसा शुरु गर्नु भएको छ । त्यो गर्न पाइँदैन आचारसंहीताले निषेध गर्छ । यदी त्यसो हो भने उहाँहरुलाई कारबाहीको विषय हुन्छ । स्थानीय स्तरमा हाम्रो निर्वाचन अधिकृतहरुले कारबाही गर्नुभयो ठिकै हो । यदि त्यहाँबाट कारबाही गर्नुभएन भने आयोगले कठोर निर्णय गरेर कारबाही गर्नुपर्ने हुन्छ ।’

आयुक्त भण्डारीले प्रचारप्रसारको क्रममा आचारसंहीता उल्लंघन भएमा आयोगले उम्मेदवारको मनोनयनपत्र खारेजसम्म गर्नसक्ने बताइ । ‘कानूनको परिधिभित्र बसेर निर्वाचन प्रचारप्रसार गरिदिनुपर्‍ यो । यदी निर्वाचन प्रचारप्रसार गर्दाखेरी यो आचारसंहीतालाई उल्लंघन गरिदिनु भयो भनेदेखि आयोगले कठोरतापूर्वक उहाँहरुलाई कारबाही गर्नुपर्छ । उहाँहरुको मनोनयनपत्र खारेज पनि हुनसक्छ’ उनले भने ।


क्लिकमान्डु