एक सातामा बैंकिङ प्रणालीमा थपियो ८ अर्ब १८ करोड निक्षेप, कर्जा प्रवाह सुस्त



काठमाडौं । एक साताको अवधिमा बैंकिङ प्रणालीमा ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप थपिएको छ । निक्षेप थपिए अनुसार कर्जा प्रवाह भने हुन सकेको छैन ।

बैंकर्स संघका अनुसार एक साताको अवधिमा प्रणालीमा ८ अर्ब १८ करोड निक्षेप थपिँदा कर्जा प्रवाह ६२ करोड मात्रै भएको छ । संघका अनुसार असोज २१ गतेसम्म ४५ खर्ब १० अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन भएकामा २८ गतेसम्म आइपुग्दा बढेर ४५ खर्ब १९ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

यस्तै वाणिज्य बैंकबाट हुने कर्जा प्रवाह ४१ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँबाट बढेर ४१ खर्ब ९३ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । असोज २८ गतेसम्म बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी) रेसियो ८६.९६ प्रतिशत पुगेको छ ।


क्लिकमान्डु