गाडी, मदिरा र मोबाइल लगायतको आयात प्रतिबन्ध मंसिर मसान्तसम्म कायम हुने



काठमाडौं । सरकारले गाडी, मदिरा, मोबाइल र दुई तथा चार पाङ्ग्रे सवारी साधानमा लगायतका आयात प्रतिबन्धलाई मंसिर मसान्तसम्म कायम गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले २०७९ असोज २८ गतेसम्म पूर्ण प्रतिबन्ध लगाइएका विभिन्न ४ प्रकारका वस्तुको पैठारीमा लगाएको बन्देजलाई मंसिर मसान्तसम्म निरन्तरता दिने निर्णय गरेका छ । सरकारले प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको बताए ।

विदेशी मुद्राको सञ्चिति माथिको दबाव कायमै रहेको भन्दै सरकारले उक्त ४ वस्तुको आयातलाई रोकेको हो । मंसिर मसान्तसम्म मदिरा, ३ सय डलरभन्दा माथीका स्मार्ट फोन, १ सय ५० सीसी भन्दा माथिका मोटरसाइकल तथा कार, जीप, भ्यानको आयात गर्न पाइने छैन ।

सरकारले विदेशी मुद्राको सञ्चिति कम भएको भन्दै गत वैशाखमा १० प्रकारका वस्तुको आयातमा असार मसान्तसम्म पूर्ण प्रतिबन्ध लगाएको थियो । भदौ १४ गते भने सरकारले कुरकुरे, हिरा लगायतका ६ प्रकारका वस्तुको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।


क्लिकमान्डु