सेयर बजारमा सामान्य सुधार, ८२ करोडको कारोबारहुँदा नबिल बैंक अगाडि



काठमाडौं । निकै उतार चढाबकाबीच सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

इन्ट्रा डे कारोबारमा बढेर १८७८.१७ बिन्दुसम्म पुगेको बजार पुनः घटेर १८६१.५९ बिन्दुसम्म पुगेको थियो । पुन फर्केको बजार ४.१५ अंकले बढेर १८७०.६३ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.९५ अंकले बढेर ३६७.१४ बिन्दुमा रोकिएको छ ।

२२२ कम्पनीको २६ लाख ९८ हजार ३४७ कित्ता सेयर ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा जलविद्युत समूह बाहेक सबै समूहको उपसूचकमा सुधार देखिएको छ । जलविद्युत समूहको उपसूचक २.३५ अंकले घटेको छ भने बैंकिङ समूहको ०.९४, विकास बैंक ३४.०१, वित्त कम्पनी १४.०२, जीवन बीमा १५.२३, उत्पादन तथा प्रशोधन समूहको ७३.३४, माइक्रोफाइनान्स ३.७१, निर्जीबन बीमा समूहको उपसूचक ३२.६१ अंकले बढेको छ ।

बजारमा सामान्य अंकको सुधार देखिँदा अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।
यस्तै रु रु जलविद्युत कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, शिवम् सिमेन्ट, सबैको लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले लगानीकर्ताले कमाएका छन् भने सिटिजन्स म्युचुअल फण्ड-२, एभरेष्ट बैंकको ऋणपत्र, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र, ग्लोबल आइएमई समुन्नत स्किम-१, गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३ करोड ४० लाख ३५ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट रहेका छन् ।


क्लिकमान्डु