सेयर बजारमा देखियो सुधार, नबिल बैंकको धेरै रकमको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । यो साता बजारमा उतार चढाब देखिँदा कारोबार रकममा भने त्यती उत्साह भने देखिएन । कारोबार रकम न्यून नै रह्यो ।

यो दिन बजार मापन गर्ने सूचक ११.३६ अंकले बढेर परिसूचक १८६६.५२ बिन्दुमा रोकिएको छ । २२३ कम्पनीको २० लाख ८५ हजार २८४ कित्ता सेयर ६९ करोड १७ लाख ३७ हजार ८९३ रुपैयाँको सेयर किनबेच भएको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा अधिकांश समूहको उपसूचकमा सुुधार देखिएको छ । बैंकिङ समूहको उपसूचक ४.२३, विकास बैंक ६९.४०, वित्त कम्पनीको ४०.८६, जलविद्युत १५.७५, जीवन बीमा ४९.९५, उत्पादन तथा प्रशोधन ३९.४७, जीवन बीमा ४९.९५, माइक्रोफाइनान्स १८.५६, निर्जीबन बीमा समूहको उपसूचक ४६.७४ अंकले बढेको छ ।

यो दिनको अभियान लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लागेको छ । माहुली लघुवित्त वित्तीय संस्था, प्रोग्रेसिभ फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, जोशी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने एभरेष्ट बैंकको ऋणपत्रमा नकारात्मक सर्किट लागेको छ ।

यो दिन कारोबार रकममा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ४० लाख ११ हजार ६५२ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा रहेका रिडी पावर कम्पनीको २ करोड २ लाख ६३ हजार ९८६ रुपैयाँको कारोबार भएको छ भने तेस्रो स्थानमा रहेको एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर १ करोड ८९ लाख ७७ हजार रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु