दिपक मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित



काठमाडौं । दिपक मनाङे ‘राजीव गुरुङ’ मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।

मनाङको प्रदेशसभा निर्वाचन ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि मनाङे र दोर्जे लामाले उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेद्वार दोर्जे लामाले उम्मेदवारी फिर्ता लिने घाेषणा गरेपछि मनाङे निर्विरोध भएका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा भने गर्न बाँकी छ ।

उनलाई आजै निर्विरोध निर्वाचित घोषणा गरिने बताइएको छ । उक्त निर्वाचन क्षेत्रमा कांग्रेस र एमालेका उम्मेदवारले उम्मेदवारी दिएका थिएनन् ।

एमालेको समर्थनमा २०७४ मा विजयी भएका मनाङे गण्डकी प्रदेशको पटक–पटक खेलकुद मन्त्री भएका थिए ।


क्लिकमान्डु