सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको थियो । बुधबार २ सय रुपैयाँले बढेर ९४ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा बुधबार ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १२ सय १५ रुपैयाँ कायम भएकोमा बुधबार १५ रुपैयाँले घटेर १२ सय रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु