अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्रीलाई



एजेन्सी । अर्थतन्त्र अन्तर्गतको यो वर्षको नोबेल पुरस्कार तीन जनालाई संयुक्त रुपमा वितरण भएको छ ।

सोमबार अर्थशास्त्रीहरु बेन बेर्नान्के, डोग्लास डायमण्ड र फिलिप डाइब्भिगलाई संयुक्त रुपमा अर्थशास्त्रअन्तर्गतको सन् २०२२ को नोबेल पुरस्कार प्रदान गरिएको हो ।

नोबेल पुरस्कार वितरण गर्ने ‘रोयल स्वीडिस एकेडेमी अफ साइन्सेन्स’का अनुसार तीन अर्थशास्त्रीहरुलाई बैंक तथा वित्तिय क्षेत्रको संकटमाथि गरेको अनुसन्धानका लागि यो पुरस्कार वितरण गरिएको हो । पुरस्कार पाउने तीनै जना अर्थशास्त्रीहरु अमेरिकी हुन् ।


क्लिकमान्डु