सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ कायम भएकोमा सोमबार ८ सय रुपैयाँले घटेर ९५ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएकोमा सोमबार ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कायम भएकोमा सोमबार २५ रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु