दशैंपछिको पहिलो सेयर कारोबारमा लगानीकर्ता उत्साहित



काठमाडौं । यो वर्षको दशैंपछिको पहिलो दिनको सेयर कारोबारमा दोहोरो अंकको सुधार आएको छ ।

कारोबारको सुरुदेखि नै बजारमा बढोत्तरी देखिएको थियो । जुन अन्तिम समयसम्म पनि कायमै रह्यो । यो दिन बजार मापन गर्ने सूचक ४४.६२ अंकले बढेर १८९८.३८ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.७८ अंकले बढेर ३७२.२१ बिन्दुमा रोकिएको छ । २२४ कम्पनीको २५ लाख ३३ हजार ३९३ कम्पनीको ८३ करोड ६८ लाख ७३ हजार १४० रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा सबै समूहको उपसूचक हरियाली बनेका छन् ।

बैंकिङ समूहको २५.५७, विकास बैंक १४९.०२, वित्त कम्पनी ७०.६८, जलविद्युत ५६.५१, जीवन बीमा १८७.०८, उत्पादन तथा प्रशोधन ११२.३७, निर्जीबन बीमा समूहको उपसूचक १३५.४९ अंकले बढेको छ ।

बजारमा दोहोरो अंकको सुधार आउँदा सप्तकोशी विकास बैंक, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ । यस्तै गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् भने केही म्युचुअल फण्डमा लगानी गरेका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु