सानिमा बैंक अब ठिमी र कपनमा



काठमाडौं । सानिमा बैंक लिमिटेडले मिति २०७९ आश्विन १४ गते ठिमी र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

उक्त शाखाहरुको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका संचालक भरत कुमार पोख्रेलले संयुक्तरुपमा गरे ।

उक्त समारोहमा मह जोडीले ठिमी र कपनमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकका रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेज्यूद्वारा बंैकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै गुणस्तरीय सेवा प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १२९ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।


क्लिकमान्डु