दुई वाणिज्य बैंकसहित यी १४ कम्पनीको सेयर सस्तो मूल्यमा पाइने



काठमाडौं । दशैं सकिएलगत्तै लगानीकर्ताले दुई वाणिज्य बैंकसहित दर्जन बढी कम्पनीको सेयर निकै सस्तो मूल्यमा किन्न पाउनेछन् ।

सेयर बजारमा आएको निरन्तर आएको गिरावटसँगै कम्पनीको सेयर मूल्य पनि निकै घट्दै गएको छ । दशैैअघिसम्मको कारोबारमा १४ कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँभन्दा तल रहेको छ ।

लगानीकर्ताले दशैैं लगत्तै यी १४ कम्पनीको सेयर बजारमा रहेका अन्य कम्पनीको भन्दा निकै संस्तो मूल्यमा पाउन सक्नेछन् ।
बजारमा आएको गिरावट र कारोबार रकम घट्दै जाँदा कम्पनीको सेयर मूल्य पनि निकै घटेको छ ।

प्रतिकित्ता २०० रुपैयाँभन्दा कम मूल्यमध्ये पनि सबैभन्दा कम मूल्य प्रतिकित्ता १७० रुपैयाँसम्म रहेको छ । हाईड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले सेयर मूल्य अहिले १७० रुपैयाँ रहेको छ ।

हाईड्रोइलेक्ट्रिसिटीको पछि घलेम्दी हाईड्रोको मूल्य १७३ रुपैयाँ, आँखु खोला जलविद्युत् कम्पनीको प्रतिकित्ता १७४ रुपैयाँ रहेको छ भने खानीखोला हाईड्रोपावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७५, हिमाल दोलखा हाइड्रोपावरको १७५ रुपैयाँ र दिव्यश्वरी हाईड्रोको सेयर मूल्य प्रतिकित्ता १७५ रुपैयाँ रहेको छ ।

दशैं अघिको अन्तिम कारोबारमा दुई बैंकको सेयर मूल्यपनि २ सय रुपैयाँभन्दा कम रहेको छ । यस्तै सिटिजन्स बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ रुपैयाँ, लक्ष्मी बैंकको सेयर मूल्य १९४ रुपैयाँ रहेको छ ।

यता नेशनल पावरको सेयर मूल्य प्रतिकित्ता १९२ रुपैयाँ, नेपाल इन्फ्रास्टक्चर बैंकको १९२ रुपैयाँ, पञ्चकन्या माई हाईड्रोपावरको १८५ रुपैयाँ, जोशी हाईड्रोपावर डेभलपमेन्टको १८२ रुपैयाँ, शिवश्री हाईड्रोपावरको सेयर मूल्य १८१ रुपैयाँ रहेको छ ।

सेयर मूल्य संस्तो हुने कम्पनीमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । जसमा युनियन हाईड्रोपावरको १८० रुपैयाँ रहेको छ । दशैं लगत्तै हुने कारोबारमा यी कम्पनीको सेयर सबैभन्दा न्यून मूल्यमा पाइने भएको छ ।


क्लिकमान्डु