प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता



काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ ।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भने, ‘असोज २३ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ । त्यसका लागि आयोगले आवश्यक संरचना, सुरक्षा प्रणालीको गरिसकेको छ । सबै राजनीतिक दलहरूलाई सबै वर्ग, जाती समेटिने गरी समानुपातिक ढंगले उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग आग्रह गर्दछ ।’

निर्वाचन आयोगको केन्द्रीय कार्यालयमै उम्मेदवारले मनोनयन दर्ता गर्न पाउने उनले बताए ।

मनोनयन दर्ता स्थलमा २५ जनाभन्दा बढीको जुलुस लैजान नहुने उनले स्मरण गराए ।


क्लिकमान्डु