बारा बस दुर्घटनाः १४ जनाको मृत्यु



मकवानपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

चितवनको नारायणगढबाट विरगञ्जतर्फ गइरहेको बागमती प्रदेश ०६००ख ०२१० नं को बस सडकमा अनियन्त्रित भइ दुर्घटना भएको हो । गाडीमा ५१ जना यात्रु सवार थिए । दुर्घटनामा घाइते भएका यात्रुहरूकाे भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेब गौतमले जानकारी दिए ।

बाराका प्रहरीकाअनुसार घटनास्थलमै ८ जनाको मृत्यु भएको हो । त्यस्तै, ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमध्ये ९ जना पुरुष र ५ जना महिला रहेका छन् । घाइतेको हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेकोे छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ । प्रहरीले दुर्घटनाको कारण बारे अनुसन्धान गरिरहेको छ । मृतकको सनाखत हुन बाँकी छ ।


क्लिकमान्डु