काठमाडौं उपत्यकामा आज दिनभर पानी पर्ने



काठमाडौं । काठमाडौं उपत्यकामा आज दिनभर वर्ष हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वर्षाका कारण दशैंमा टीका थाप्न मान्यजनकहाँ जान तथा मानिसलाई आवतजावतमा निकै कठिनाइ भइरहेको छ ।

रातिदेखि काठमाडौं उपत्यकामा पानी परिरहेको छ । उपत्यकामा गएको २४ घण्टामा २२ दशमलब ४ एमएम पानी परेको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज दिनभर पानी पर्नेछ ।

‘काठमाडौं उपत्यकामा आज दिनभर लगातार मध्यम खालको वर्षा हुन्छ’, उनले भनिन्, ‘३÷४ बजेतिर पानी केही कम भएपनि दिनभरी नै पानी पर्नेछ ।’

काठमाडौँ उपत्यकामा शनिबार विहानदेखि मात्र वर्षा कम हुँदै जानेछ ।

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकासँगै देशका विभिन्न क्षेत्रमा पानी परिरहेको छ । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाने र सडक अवरुद्ध भइरहेको छ । चाडबाडको समयमा अविरल वर्षा हुनु र पहिरोका कारण सडक अवरुद्ध हुनुले यात्रुहरु प्रभावित भएका छन् ।


क्लिकमान्डु