विमानस्थलमा ओर्लिन साथ सन्दीप लामिछाने पक्राउ



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कतार एयरवेजबाट आइपुगेका उनलाई तत्कालै प्रहरीले पक्राउ गरेको हो ।

लामिछानेले केही दिनअघि आफ्नो सामाजिक सञ्जालबाट आफू नेपाल फर्किन लागेको जानकारी दिएका थिए । बिहीबार उनी चढेको कतार एयरवेजको विमान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्ने भनिएको थियो । तर, खराब मौसमका कारण केही समय ढिलाई भएको थियो । मौसमका कारण केही समय आकाशमै अडिएको उक्त विमान अवतरण हुन साथै लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लामिछाने दोहाबाट काठमाडौं आएका हुन् । क्यारेबियन लिग खेल्न नेपाल बाहिर रहेका समयमा उनीविरुद्ध बलात्कारको जाहेरी परेको थियो । भदौ २१ मा उनीविरुद्ध बलात्कारको जाहेरी परेपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँग समन्वय गरेर डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।

पक्राउ परेका लामिछानेलाई अब थप अनुसन्धान र सोेधपुछमा लगिनेछ ।


क्लिकमान्डु