नारायणगढ–मुग्लिन सडक अवरुद्ध



फाइल तस्बिर

काठमाडौं । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जसकारण दुवै तर्फी सडक अवरुद्ध भएको हो ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । दशैंको समयमा सडक अवरुद्ध हुँदा चाडबाड मनाउन हिँडेका यात्रुहरु अलपत्र परेका छन् ।

सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु