झकिझकाउ मैतिदेवी मन्दिर (तस्बिरहरु)



काठमाडौं । दशैं अन्तर्गत आज महानवमी पर्व । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइएको छ ।

मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।

काठमाडौंको मैतिदेवी मन्दीमा आज बेलुका भक्तजनहरुको घुँइचो लागेको थियो । मन्दिर र त्यसक्षेत्रलाई झकिझकाउ बनाइएको छ ।


क्लिकमान्डु