दशैंपछि ३४ वटा कम्पनीको १२ अर्ब १० करोडको आईपीओ आउँदै (सूचीसहित)



काठमाडौं । यो वर्षको दशैंपछि विभिन्न ३४ वटा कम्पनीले सर्वसाधारका लागि साधारण सेयर आइपीओ निष्कास गर्ने भएका छन् । दशैंअघिसम्म ३४ वटा कम्पनी आईपीओ ल्याउन बोर्डको पाइपलाइनमा रहेका छन् ।

बोर्डएमा विभिन्न ३४ वटा कम्पनी १२ अर्ब १० करोड ५७ लाख ३० हजार ७८५ रुपैयाँको ८ करोड १८ लाख २५ हजार ४८१ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न धितोपत्र बोर्डको पाइपलाइनमा रहेका छन् ।

बोर्डको पाइपलाइनमा रहेका ३४ वटा कम्पनीमध्ये २ वटा कम्पनीले बुक विल्डिङ विधिमार्फत् र २ वटा कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने भएका छन् ।

सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत् आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिइसकेका छन् । दुबैले शुरुमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्नेछन् । सर्वोत्तम सिमेन्टले शुरुमा २४ करोड रूपैयाँको २४ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

यस्तै रिलायन्सले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गर्ने छ । कम्पनीले ७ करोड ७० लाख ६४ हजार रूपैयाँको ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

यस्तै घोराही सिमेन्ट र रिलायबल लाईफ इन्स्योरेन्सले प्रिमियम मुल्यमा सेयर निष्कासन गर्ने भएका छन् । कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँको ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्ने धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

सिमेन्ट कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता र सर्वसाधारणलाई ७५ लाख ४६ हजार ६११ कित्ता सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावितलाई स्थानीयलाई १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा सेयर निष्कासन गर्ने भएको छ । यस्तै सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँमा निष्कासन गरिने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

यस्तै रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता सेयर निष्कासन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासन गर्ने भएको छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

बोर्डको पाइपलाइनमा रहेका ३४ वटा कम्पनीमध्ये सबैभन्दा बढी जलविद्युत कम्पनी नै रहेका छन् । पाइपलाइनमा रहेक कम्पनीमा २० वटा जलविद्युत कम्पनी नै रहेका छन् । त्यस्तै २ वटा बीमा कम्पनी, उत्पादन मुलक कम्पनी ३ वटा, ३ वटा माइक्रोफाइनान्स लगायत अन्य कम्पनीहरु रहेका छन् ।

रिलायबल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स, कुन्थेली बुखारी स्मल हाइड्रो, ट्रेड टावर लिमिटेड, परमाई हाइड्रोपवार, सगरमाथा जलविद्युत कम्पनी, माई खोला हाइड्रो, मोदी इनर्जी लिमिटेड, सोनापुर मिनरल्स एण्ड ओइल, मेन्छियाम हाइड्रो, सानिमा मिडल तमोर, मोलुङ हाइड्रो कम्पनी, बाराही हाइड्रो, एशियन हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी, कालिन्चोक दर्शन, सिटी होटेल लिमिटेड, इन्गुवा हाइड्रो आईपीओ निष्कासन गर्न बोर्डको पाइपलाइनमा रहेका छन् ।

सर्वोत्तम सिमेन्ट, सुपर मादी हाइड्रो, शुभम पावर, थ्री स्टार हाइड्रो, आत्मानिर्भर लघुवित्त, डिश मिडिया नेटवर्क, माया खोला हाइड्रो, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, मकर जितुमाया सुरी हाइड्रो, हाथवे इन्भेष्टमेन्ट, बिपीडब्लु लघुवित्त, घोराही सिमेन्ट, अपर स्यांगे हाइड्रो, रावा इनर्जी डेभलपमेन्ट रहेका छन् ।

त्यस्तै । रिलायन्स स्पिनिग मिल्स, दोल्ती पावर कम्पनी, आईपीओ निष्कासन गर्न बोर्डको पाइपलाइनमा रहेका छन् । सिटि होटल, हाईखोला हाईड्रोपावर, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, सुपरमाई हाईड्रोपावर, मोलुङ हाईड्रोपावर कम्पनी आईपीओ ल्याउने बोर्डमा पुगेका छन् ।


क्लिकमान्डु