गोठाटारमा गोली हानिएका मोहम्मद हत्या प्रकरणमा संलग्न तीन नेपाली सहयोगी सार्वजनिक



काठमाडौं । काठमाडौंस्थित कागेश्वरी मनोहरा ८ गोठाटारमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा प्रहरीले तीनजना नेपालीलाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमध्ये मियाँद्वयले आक्रमणकारीलाई वीरगञ्जबाट हतियार ल्याएर काठमाडौं आएका थिए ।

पक्राउ परेकामध्ये सुस्मिताले मोहम्मदको रेकी गरेकी थिइन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले उनीहरुको बयानको आधार अन्य व्यक्तिको संलग्नता खुलेको छ ।

असोज ३ गते मोहम्मदमाथि गोली प्रहार भएको थियो । घाइते मोहम्मदको उपचारको क्रममा मृत्यु भएको थियो । मोहम्मद जाली भारतीय नोटको कारोबारमा संलग्न व्यक्ति हुन् भने नक्कली नोट कारोबारी बलुराम पटुवारको अनामनगरमा भएको हत्यामा पनि संलग्न थिए ।


क्लिकमान्डु