प्रभु क्यापिटल र क्वेस्ट ईन्टरनेशनल कलेजबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र क्वेस्ट ईन्टरनेशनल कलेजबीच एमओयु सम्झौता सम्पन्न भएको छ । सम्झौतामा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक श्री दिनेश थकाली र क्वेस्ट ईन्टरनेशनल कलेजका बिबिए डाईरेक्टर श्रीमती ज्योति शेरचनले हस्ताक्षर गर्नुभएको थियो ।
देशमा दक्ष व्यवस्थापकीय क्षमता भएका जनशक्ति उत्पादन गर्ने तथा विद्यार्थीहरुलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्ने लगायतका विषयमा सहकार्य गर्नेगरी सो आपसी समझदारी पत्रमा सम्झौता भएको हो ।
सो सम्झौता अनुसार प्रभु क्यापिटलले सो कलेजको व्यवस्थापन विभागको बिबिए तहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने हेतु प्रभु क्यापिटलले शेयर बजार सम्बन्धी विभिन्न तालिम प्रदान गर्ने तथा विभिन्न सेवामा सहुलियत दिइने छ ।
साथै, कलेजले क्यापिटलको अनुसन्धान तथा विश्लेषण कार्यमा मद्दत पुग्ने लगायतका विषय समेटेर सो कलेजका व्यवस्थापन विभागका फ्याकेल्टी मेम्बर तथा विद्यार्थीहरुसँग सहकार्य गर्ने सम्झौता भएको छ ।