हिमालयन बैंक र ट्राभल राइटबीच सम्झौता



काठमाडौं । हिमालयन बैंक लिमिटेड र ट्राभल राइट प्रालि (भिस्तारा एयरलाइन्स) बीच बिहीबार सम्झौता भएको छ ।

भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भीसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंमा प्रायोरिटि चेक इन सुबिधा प्रदान गर्ने भएको छ ।

यस सम्झौता पत्रमा बैंकका तर्फबाट महाप्रबन्धक उज्जल राजभण्डारी र ट्राभल राइट प्रालि (भिस्तारा एयरलाइन्स) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीरज रिमालले बैंकका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु