दशै‌‌अघिको अन्तिम सेयर काराेबारमा दोहोरो अंकको सुधार



काठमाडौं । यो वर्ष दशैै अघिको सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । तर, कारोबार रकम भने न्यून बनेको छ ।

बजार मापन गर्ने सूचक १६.२९ अंकले बढेर परिसूचक १८५३.७६ बिन्दुमा रोकिएको छ । यो दिनको कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.८३ अंकले बढेर ३६३.४२ बिन्दुमा रोकिएको छ । २२३ कम्पनीको १७ लाख ९१ हजार ४८० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा सुधार आएको छ । बैंकिङ समूहको १३.३४, विकास बैंक ३८.८४, वित्त कम्पनीको १३.७१, जलविद्युत ८, उत्पादन तथा प्रशोधन ५७.६८, माइक्रोफाइनान्स ६८.१३, निर्जीबन बीमा समूहको उपसूचक १४.६२ अंकले. बढेको छ ।

कारोबारमा अभियान लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको छकारोबारमा सकारात्मक सर्किट लागेको छ । गुँरास लघुवित्त वित्तीय संस्था, समिट लघुवित्त वित्तीय संस्था, जनउत्थान सामुदायीक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सामालिङ पावर कम्पनी, हिमालयन पावर पार्टनर, पन्चकन्या माई हाईड्रोपावर, यूनाईटेड मोदी हाईड्रोका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा नेपाल इन्स्योरेन्सको संस्थापक अग्रस्थानमा रहेको छ । यो दिन कम्पनीको ४ करोड ४८ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र नेपाल दुरसञ्चार कम्पनी रहेको छ ।


क्लिकमान्डु