नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता



काठमाडौं । नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

बुधबार नेपाल बैंक लिमिटेड प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णुप्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार दुबै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ्ग कारोवार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धि बिषयमा सहकार्य हुनेछ ।

हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षसुबेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसंग सहकार्य गर्न पाउदा निकैनै गर्वको अनुभूति भैरहेको धारणा व्यक्त गरे । उनंँले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुंदै जाने बिश्वास समेत व्यक्त गरे ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुइ संस्थाबीच भएको सम्झौता ले आफु अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्रसंस्थान र त्यहाँं कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरल,सहज र प्रतिपस्पर्धि बैंकिङ्ग सेवा प्रदान गदैं यो सम्बन्धलाइ आगामी दिनमा थप प्रगाढ बनाउदै लैजाने प्रतिबद्दता व्यक्त गरे ।

उक्त समारोहमा नेपाल बैंक लि. र गोरखापत्रसंस्थानका उच्च ब्यवस्थापनका पदाधिकारीहरु लगायत अन्य कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो ।


क्लिकमान्डु