ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेबलको अध्यक्ष पदमा निर्वाचित



काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्तकुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउण्ड टेबल इन्टरनेशनलको २०२२–२३ को लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

कम्पनीकाअनुसार अग्रवाल उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् । राउण्ड टेबल संसारको ६८ देशहरूमा क्रियाशील संस्था हो ।

अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण तथा अन्य कार्यहरू गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरूलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ । ं

राउण्ड टेबल इन्टरनेशनल १८ देखि ४० वर्ष उमेर समूहका गैर–राजनीतिक र गैर–साम्प्रदायिक युवाहरूको संगठन हो ।


क्लिकमान्डु