जग्गाधनी र मोहीले २०८३ असारसम्ममा जग्गा बाँडफाँड गरिसक्नु पर्ने



काठमाडौं । सरकारले जग्गाधनी र मोहीले आगामी २०८३ असारसम्ममा जग्गा बाँडफाँड गरिसक्नु पर्ने जनाएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै मोही भएको जग्गाको बाँडफाँडको समयावधि बढाएको हो ।

सरकारले मोही लागेको जग्गाको जग्गावाला र मोहीबीच बाँडफाँड गरी कारवाहीको टुङ्गो लगाई सक्नुपर्ने अवधि २०८३ साल असार मसान्तसम्म तोकेको हो ।

नेपाल सरकारले भूमी सम्बन्धी ऐन, २०२१ को दफा २६घ१. र २६घ३. ले दिएको अधिकार प्रयोग गरी सो ऐनको दफा २६ग. र २६घ. ले दिएको अधिकार प्रयोग गरी सो ऐनको दफा २६ग. र २६घ. को प्रयोजनको लागि मोही लागेको जग्गाको जग्गावाला र मोहीले त्यस्तो जग्गा बाँडफाँड गरी लिन निवेदन दिनु पर्ने तथा त्यस्तो जग्गाको जग्गावाला र मोहीबीच जग्गा बाँडफाँड गरी टुङ्गो लगाई सक्नु पर्ने अवधि तोक्दै आएको थियो ।

पछिल्लो समय सरकारले २०७७ चैत ९ गते राजपत्रमा सूचना प्रकाशित गर्दै २०७८ साल पुस मसान्तसम्ममा बाँडफाँड गरी टुङ्गो लगाई सक्नु पर्ने जनाएको थियो ।

त्यस्तै, ऐनको दफा २६घ१. ले दिएको आधिकार प्रयोग गरी मोही लागेको जग्गाको जग्गावाला र मोहीले बाँडफाँड गरी लिन निवृदन अवधि २०८२ साल चैत मसान्तसम्म र दफा २६घ३. ले दिएको अधिकार अधिकार प्रयोग गरी मोही लागेको जग्गावाला र मोहीबीच बाँडफाँड गरी कारबाहीको टुङ्गो लगाई सक्नुपर्ने अवधि २०८३ साल असार मसान्तसम्म तोकेको राजपत्रमा उल्लेख छ ।


क्लिकमान्डु