सिटिजन्स बैंकले कात्तिक ४ गतेलाई बोलायो साधारणसभा, बुक क्लोज कहिले ?



काठमाडौं । सिटिजन्स बैंकले कात्तिक ४ गते १६औं बार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीले सभाका लागि असोज २८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । असोज २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै बैंकले दिने लाभांश पाउनेछन् । कम्पनीले सभामा आर्थिक वर्ष २०७८-०७९ को मुनाफाबाट दिन लागेको ९ प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाने भएको छ ।

उक्त प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । यस्तै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने-गाभिने तथा वैदेशिक रणनीति साझेदारमा जान उपयुक्त देखेमा त्यसको अख्तियारी सञ्चालन समितिलाई दिने प्रस्ताव पारित गर्ने भएको छ । सभा कालिकास्थानमा रहेको अमृतभोग पार्टी प्यालेसमा हुनेछ ।


क्लिकमान्डु