पैसा नसक्नुहोस्, दशैं लगत्तै आउँदैछ इष्टर्नको आईपीओ



काठमाडौं । दशैंपछि इष्टर्न हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले असोज २८ गतेदेखि कात्तिक १ गतेसम्मका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ६ लाख ७० हजार ३१० कित्ता आईपीओ जारी गर्न लागेको हो । जसमा ३३ हजार ५१५ कित्ता सामुहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको ६ लाख २३ हजार २८९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

कम्पनीले यसअघि आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानियलाई आईपीओ निष्कासन गरेको थियो । स्थानीयले नकिनेको ५० हजार ३१० कित्ता थपेर उक्त सेयर निष्कासन गर्न लागेको हो ।

आईपीओमा ढिलोमा १४ गतेसम्म आवेदन दिन सकिने छ । यसमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु