देशभर घरजग्गा व्यवसायमा २४१ वटा प्रतिष्ठान आबद्ध, १२३२ जनालाई प्रत्यक्ष रोजगारी



काठमाडौं । देशभर घरजग्गा व्यवसायमा २४१ वटा प्रतिष्ठान आबद्ध भएको पाइएको छ । केन्द्रिय तथ्याङ्क विभागले घरजग्गा गणना २०१९ को तथ्याङ्क गर्दै देशभर घरजग्गा कारोबार क्षेत्रमा २४१ वटा प्रतिष्ठान आबद्ध रहेको जनाएको छ ।

गणनाअनुसार देशभर २४१ प्रतिष्ठान घरजग्गा व्यवसायमा संलग्नमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेको विभागले जनाएको छ । विभागको गणनामा १११ वटा प्रतिष्ठान बागमति प्रदेशमा छन् । त्यसपछि, गण्डकी प्रदेशमा ४२ वटा, मधेश प्रदेशमा २९ वटा, प्रदेश नम्बर १ मा २५ वटा, लुम्बिनीमा २४ वटा, सुदूरपश्चिममा ८ वटा र कर्णालीमा २ प्रतिष्ठान घरजग्गा कारोबारमा संलग्न छन् ।

त्यसैगरी, सो क्षेत्रमा १२ सय ३२ जनाले प्रत्यक्ष रोजगारी पाएको अध्ययनले देखाएको छ । घरजग्गा गणना २०१९ को तथ्याङ्कमा देशभरका प्रतिष्ठानबाट सो क्षेत्रमा प्रत्यक्ष १२ सय ३२ जनाले रोजगारी पाएको जनाएको छ ।

विभागअनुसार १२ सय ३२ जनामा ८५६ जनालाई पारिश्रमिक दिई रोजगारी दिइएको छ भने ३७६ जनालाई भने पारिश्रमिक नदिएको श्रमिक रहेको छ । जसमा प्रदेश नम्बर १ मा ४९ जना, मधेस प्रदेशमा १११ जना, बागमति प्रदेशमा८१३ जना, गण्डकी प्रदेशमा १३० मजना, लुम्बिनी प्रदेशमा ७३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदुरपश्चिम प्रदेशमा ४८ जनाले रोजगारी पाएको विभागले जनाएको छ ।

गणनामा देशभर पारिश्रमिक दिई रोजगारीमा राखेका व्यवस्थापक ११७ जना, पारिश्रमिक नदिई रोजगारीमा राखेका व्यवस्थापक ३०२ जना, पारिश्रमिक दिई रोजगारीमा रहेका प्राविधिक २०० जना र पारिुश्रमिक नदिई रोजगारीमा राखेका प्राविधिक १२ जना र सशुल्क प्रशासक ५३९ जना र पारिश्रमिक नदिई राखेका प्रशासक ६३ जना छन् ।

उक्त श्रमिकलाई वार्षिक १ अर्ब १५ करोड ९८ लाख ८६ हजार वितरण गरेको गणनामा उल्लेख छ । साथै, उक्त प्रतिष्ठानहरुले एक वर्षमा जग्गा खरिद गर्ने, बिल्डङ खरिद गर्ने, जग्गा तथा घर भाडामा दिनेलगायत विभिन्न सेवा सुविधा दिएकोमा ५ अर्ब २७ करोड ८ लाख ९९ हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।


क्लिकमान्डु