माछापुच्छ्रे बैंकले ल्यायो नेपाल पे क्यूआरमा १० प्रतिशत नगद फिर्ता गर्ने अफर



काठमाडौं । माछापुच्छे बैंकले एनसीएचएलसँगको सहकार्यमा नेपालीहरुको महान चाड बिजया दशमीलाई लक्षित गरी भाटभटेनी सुपरमार्केटमा क्यु आरबाट कारोबार गर्दा क्यासब्याक अफर ल्याएको छ ।

चाडबाडको समयमा हुने किनमेलमा ग्राकहलाई विशेष सुविधा दिने उदेश्यले क्यासब्याक अफर संचालनमा ल्याएको हो ।

यो अफर यही मिति २०७८ असोज ८ गतेदेखि असोज १४ गतेसम्मका लागि लागु रहने छ । जस अन्तर्गत बैंकका ग्राहकले नेपाल पे क्यूआरबाट भाटभटेनी सुपरमार्केटमा कारोबार गर्दा एक पटकमा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् ।

साथै बैंक सँगसँगै भाटभटेनी सुपरमार्केटले पनि चाडबाडलाई लक्षित गरि कपडा एवं जुत्ताको खरीदमा थप १० प्रतिशतसम्मको छुट संचालनमा ल्याएको छ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ«्रे बैंकले हालै मात्र नेपाली बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाइल वालेट रेमिट्याप संचालनमा ल्याएको छ भने अन्य नविनतम डिजिटल सेवाहरु मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाइनमार्फत् खाता खोल्ने ( मुद्दती खाता खोल्न ) लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको छ ।


क्लिकमान्डु