अधिकृतको तलब न्यूनतम एक लाखसम्म हुनुपर्छ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारी कर्मचारीको पुग्ने गरि तलब दिन नसकिएको बताएका छन् ।

आन्तरिक राजश्व विभागले बुधबार आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले अधिकृतको तलब न्यूनतम एक लाखसम्म हुनु पर्ने बताएका हुन् ।

देशको आम्दानी कम भएकाले कर्मचारीलाई जीवन निर्वाहका लागि आवश्यक तलब दिन नसकिएको उनको भनाइ छ ।

सरकारी कर्मचारीलाई पर्याप्त तलब दिन मुलुकको आम्दानी बढाउनुपर्ने उनको भनाइ छ ।

उनले राजश्व आम्दानी बढाउनुको विकल्प नभएको बताए ।


क्लिकमान्डु