दुर्घटनामा ज्यान गुमाएका सैनिक परिवारलाई मेगा बैंकले दियो ७ लाख




काठमाडौं । दुर्घटनामा परी निधन भएका ग्राहकका परिवारलाई मेगा बैक नेपालले बीमा बापतको रकम प्रदान गरेको छ ।

मेगा बैकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका राम बहादुर गुरुङ्गका परिवारलाई बैंकले सोही खातामा भएको योजना बमोजिम बीमा बापत ७ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंकले उक्त रकम मृतककी पत्नी जुनु गुरुङ्गलाई प्रदान गरेको हो ।

मृतक गुरुङ्गले नेपाली सेनाको २१ नम्बर बाहिनी अड्डा चारआलीमा कार्यरत रहँदा मेगा बैकको बिर्तामोड शाखामा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ खोलेका थिए ।

२०७८ सालमा सवारी दुर्घटनामा परी उनको निधन भएको थियो । मेगा बैकले तलबी खातामा बीमा सुबिधा प्रदान गर्दै आएको बैकको प्रदेश एकका प्रमुख विवेकबन्धु न्यौपानेले बताए ।

न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्ग अकाउन्ट भि २०२०’ मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बिमा गरिदिएको छ ।


क्लिकमान्डु