सेयर बजारमा सामान्य सुधार, कारोबार रकममा देखिएन उत्साह



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको भएपनि कारोबार रकमले लगानीकर्तालाई उत्साहित बनाउन सकेको छैन । पछिल्लो समय बजारमा उतार चढाब आइरहदा कारोबार रकम भने निरन्तर घटिरहेको छ ।

बुधबार बजार मापन गर्ने सूचक ६.४१ अंकले बढेर परिसूचक १८३७.४६ बिन्दुमा रोकिएको छ । यो दिन २२१ कम्पनीको १३ लाख ७० हजार ४७७ कित्ता सेयर ४८ करोड ५४ लाख ८ हजार ७६७ रुपैयाँको सेयर किनबेच भएको छ । यो दिन कारोबार रकम निकै घटेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४५ अंकले बढेर ३५९.५९ बिन्दुमा रोकिएको छ । कारोबारमा अधिकांश समूहको उपसूचकमा हरियाली छाएको छ । बैंकिङ समूहको ३.५५, विकास बैंक १८.१२, जलविद्युत ४.५७, जीवन बीमा २१.०८, उत्पादन तथा प्रशोधन ३४.२९, माइक्रोफाइनान्स ३९.२१, निर्जीबन बीमा समूहको उपसूचक २७.३७ अंकले बढेको छ ।

कारोबारमा मदाकिनी हाईड्रोपावर, अभियान लघुवित्त वित्तीय संस्था, सपोर्ट माइक्रोफाइनान्स, न्यादी हाईड्रोपावर, पन्चकन्या माई हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सन, हिमालयन पावर पार्टनर, बिन्धाबासिनी हाईड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले गुमाएका छन् ।

यो दिन कारोबार रकमका आधारमा नेशनल माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको ४ करोड ७५ लाख ९७ हजार ८४५ रुपैयाँ सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र रिडी पावर कम्पनी रहेको छ ।


क्लिकमान्डु