शंख घण्ट बजाएर रविन्द्र मिश्र राप्रपा प्रवेश



काठमाडौं । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन् ।

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच उनी राप्रपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा ब्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोष गरेका थिए ।

राप्रपा र विवेकशील साझाका रविन्द्र मिश्र समूहबीच एकता भएको हो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।

यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए । मिश्र काठमाडौं–१ बाट चुनावी प्रतिष्पर्धाको तयारीमा रहेको जनाइएको छ ।


क्लिकमान्डु