‘आधाभन्दा धेरै बिटक्वाइन कारोबार झुट्टा !’



एजेन्सी । फोर्बसले गरेको एक अध्ययनमा आधाभन्दा धेरै बिटक्वाइन कारोबार झुट्टा हुने देखिएको छ । विश्वभरका १५७ वटा क्रिप्टोमा भएको कारोबारलाई सुक्ष्म अध्ययन र अनुसन्धान गर्दा यीनिहरु झुट्टा भएको पाइएको हो ।

फोर्बसकाअनुसार गत जुन १४ मा विश्वभर बिटक्वाइन उद्योग कुल १२८ बिलियन अमेरिकी डलरको देखिएको थियो । जुन विभिन्न स्रोतमार्फत देखिएका बिटक्वाइनको ५१ प्रतिशत मात्रै हो । गत जुनमा विश्वभर विभिन्न स्रोतमार्फत तथ्यांक संकलन गर्दा विश्वभर २६२ बिलियन बराबरको बिटक्वाइन भएको पाइएको थियो ।

अमेरिकाको ‘युएर कमोडिटी फ्युचर ट्रेडिङ कमिसन’काअनुसार हरेक दिन हुने बिटक्वाइनको कोरोबार सुक्ष्म निरगानी नहुँदा ‘वास ट्रेण्डिङ’ भइरहेको पाइएको हो । उक्त निकायकाअनुसार वास ट्रेडिङको अर्थ बजारमा जोखिम नलिइ वा व्यापारीको बजार स्थिति परिवर्तन नगरी खरिद तथा बिक्री भएको देखाउनका लागि कारोबारमा प्रवेश गर्ने वा प्रवेश गर्ने अभिप्राय राख्ने किसिमको कारोबार हो । यस्तो किसिमको कारोबार गरेर हाल विश्वभरमा आधाभन्दा धेरै बिटक्वाइनहरुमा झुट्टा कारोबार भइरहेको पाइएको हो ।

कमिसनकाअनुसार केही कारोबारीहरुले यस्तो किसिमको कारोबारमा बढ्दो लोकप्रियतामा आफ्नो उपस्थिति दिन र सम्पत्तिको व्यापारिक अवस्थालाई बढाएको देखाउनका लागि संलग्न भइरहेका छन् । कतिपय अवस्थामा स्वचालित बटहरुले यस्तो किसिमको कारोबार गर्ने गरेको पनि पाइएको छ ।

हाल विश्वभरमा कति बिटक्वाइन दैनिक कारोबार भइरहेको छ वा कति मात्रामा बिटक्वाइन छ भन्ने कुराको यकिन तथ्यांक वा तथ्यांक दिने कुनै माध्यम छैन् । हालको अवस्थामा हेर्दा क्वाइनमार्केटक्यापकाअनुसार पछिल्लो २४ घण्टामा ३२ बिलियनको बिटक्वाइन कारोबार भएको देखिन्छ भने क्वाइनगेक्कोकाअनुसार २७ बिलियनको कारोबार भएको देखिन्छ । नोमिक्सले ५७ बिलियनको कारोबार भएको देखाउँछ भने मेस्सरीले ५ बिलियनको कारोबार भएको देखाउँछ ।

फोर्बसले दैनिक हुने कारोबारमध्ये आधाभन्दा धेरै झुट्टा कारोबार भएको पाइरहँदा अन्य पनि रोचक जानकारीहरु पाएको छ । जसमा मासिक रुपमा ५ अर्ब ७३ करोड मानिसले बिटक्वाइनका वेबसाइटहरु हेरिरहेका हुन्छन् । त्यस्तै, संसारको पश्चिमा देश र प्रमुख रुपमा अमेरिकामा बिटक्वाइनको कारोबार अमेरिकी डलर, युरो वा बेलायती पाउण्डमा भएको पाइएको छ ।

तर, यसैको मात्रामा जापनिस येन र कोरियन वनमा पनि कारोबार भएको पाइएको छ ।

त्यस्तै, दैनिक रुपमा २१ क्रिप्टो एक्स्चेन्जमार्फत् दैनिक १ बिलियन अमेरिकी डलर बराबरको कारोबार भएको पनि पाइएको छ । यसमा पनि सबैभन्दा धेरै बिनेन्समार्फत २७ प्रतिशत बजार खोगटिएको छ भने त्यसपछि एफटिएक्स, ओकेएक्सजस्ता कम्पनीहरुमार्फत कारोबार भएको पाइएको छ ।


क्लिकमान्डु