धितोपत्र बोर्डबाट नबिल इन्भेष्टमेण्ट बैंकिङ्ले पायो कर्पोरेट एडभाइजरी सेवा दिन अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल इन्भेष्टमेण्ट बैंकिङ्लाई कर्पोरेट एडभाइजरी सेवा दिन अनुमति दिएको छ ।

बोर्डबाट उक्त अनुमति पाएसँगै बैंकिङले वस्तु विनिमय बजार सञ्चालनको अनुमति प्राप्त गर्न वा धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति तथा धितोपत्र बजार सञ्चालनका लागि संङ्गठित संस्था स्थापना गर्ने सिफारिसका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने भएकाले निवेदन दिनु पूर्व आवश्यक पर्ने सम्पूर्ण कागजात तयारका लागि सहयोग गर्नेछ । त्यसका लागि कम्पनीको व्यवसायिक योजना, सम्भाव्यता अध्ययन प्रतिवेदन आदी तयारीका लागि नबिल इन्भेष्टमेण्ट बैकिगं लिमिटेडले पूर्ण सहयोग गर्नेछ ।

यस्तै आफ्नो संस्थागत परापर्श सेवा अन्तर्गत सञ्चालन गर्ने धितोपत्र व्यवसायको किसिम अनुसारको सम्भाव्यता अध्ययन प्रतिवेदन, प्रक्षेपित वित्तीय विवरण, व्यवसायिक योजना, कार्य प्रणाली सम्बन्धि विवरण, जनशक्ति व्यवस्थापन निर्देशिका सहितका अन्य आवश्यक कागजातहरू तयार गरिदिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्ता मैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रबिधि सहितको क्षमता युक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हित संरक्षण गर्ने तथा स्थापित बास्तविक क्षेत्रका सङ्गठित संस्थाहरुलाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पूँजी निर्माण र परिचालनलाई सहजिकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न दिई धितोपत्र बजारको सेवा तथा गुणस्तरमा प्रतिष्पर्धाका लागि बोर्डबाट स्वीकृत लिनुपर्छ ।


यस्तै बजारको विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न उद्देश्यले धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत बनेका नियम, निर्देशिका तथा अन्य प्रचलित कानूनको अधीनमा रही सीमित दायित्वको सङ्गठित संस्था स्थापना गर्न चाहनेले त्यस्तो संस्था स्थापना गर्नु अघि बोर्डबाट सिफारिस लिनु पर्ने व्यवस्था रहेको छ ।

धितोपत्र बोर्डबाट सिफारिस गर्न लागेको हुँदा त्यसका लागि धितोपत्र सम्बन्धी ऐन, २०६३, धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ (संशोधन सहित) र धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बमोजिम ईच्छुक आवेदकहरुबाट शसर्त आवेदनका लागि आव्हान गरेको जनाएको छ ।


क्लिकमान्डु