सेयर बजारमा दोहोरो अंकको सुधार, बढ्न सकेन कारोबार रकम



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको भएपनि कारोबार रकम भने घट्दै गएको छ । बजार मापन गर्ने सूचक १५.९२ अंकले बढेर परिसूचक १८३१.०५ बिन्दुमा रोकिएको छ ।

बजारमा हरियाली छाउँदा कारोबार रकम भने न्यून बन्दै गएको छ । यो दिन २२९ कम्पनीको २१ लाख ७ हजार ७४२ कित्ता सेयर ६६ करोड ३० लाख १३ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यो दिनको बैंकिङ समूहको उपसूचक १२.५६, विकास बैंक ५१.८६, जलविद्युत २४.६६, वित्त कम्पनी २१.६, निर्जीबन बीमा ३१.७४, उत्पादन तथा प्रशोधन १६.६८, माइक्रोफाइनान्स ३६.३६, जीवन बीमा समूहको उपसूचक ५०.३२ बिन्दुमा रोकिएको छ ।
कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

यस्तै अभियान लघुवित्त वित्तीय संस्था, अपर हेवाखोला हाईड्रोपावर, हिमालयन पावर पार्टनर, माउन्टेट इनर्जी नेपालका लगानीकर्ताले कमाएका छन् । यस्तै एभरेष्ट बैंकको ऋणपत्र, ग्रामिण ऋणपत्र २०८५, सामालिङ पावर कम्पनी, बेष्ट फाइनान्स, रु रु जलविद्युत कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको २ करोड ८५ लाख ३१ हजार ४४७ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नबिल बैंक र सानिमा माई हाईड्रोपावर कम्पनी रहेको छ ।


क्लिकमान्डु