दुई महिनामा ५ अर्बको रेडिमेड गार्मेन्ट आयात, चीनबाट मात्रै साढे ३ अर्बको



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको २ महिनाको अवधिमा ५ अर्बको रेडिमेड गार्मेन्ट आयात गरेको छ ।

नेपालले साउन र भदौ महिनामा मात्रै ४ अर्ब ९९ करोड ४१ लाख ३५ हजार रुपैयाँको ३ करोड २५ लाख ३७ हजार ५७२ पिस गार्मेन्ट आयात गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

नेपालले गत वर्षको सोही अवधिमा ५ अर्ब ९४ करोड ८६ लाख ९५ हजार रुपैयाँको ३ करोड ६३ लाख ५२ हजार ५७६ पिस रेडिमेड गार्मेन्ट आयात गरेको थियो । चालु आव र गत वर्षको तुलनामा १६ प्रतिशतले कमी आएको छ ।

सरकारले उच्च आयातका कारण विदशी सञ्चिती घट्दै गएको भन्दै विभिन्न वस्तुमा शत प्रतिशत र ५० प्रतिशत प्रतितपत्र (एलसी) खोल्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै, सरकारले गार्मेन्ट आयातमा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको छ ।

सरकारले उक्त वस्तुको आयातमा मार्जिनको व्यवस्था गरेपछि केही मात्राले कमी पैठरी भएको विभागले जनाएको छ ।

नेपालले दुई महिनाको अवधिमा ५ अर्बको रेडिमेड गार्मेन्ट आयात गर्दा चीनबाट मात्रै ६ अर्बको बढीको आयात भएको छ । नेपालसँग भारतपछि सबैभन्दा ठूलो व्यापार हिस्सा रहेको चीनबाट दुई अवधिमा ३ अर्ब ६४ करोड ५७ लाख ६६ हजार रुपैयाँको २ करोड ६८ लाख २५ हजार ६८० पिस रेडिमेड गार्मेन्ट आयात गरेको छ । उक्त आयातित रेडिमेड गार्मेन्टबाट नेपालले १ अर्ब ३० करोड २३ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

चीनपछि नेपालले भारतबाट उच्च रेडिमेड गार्मेन्ट आयात गरेको छ । भारतबाट नेपालले १ अर्ब १४ करोड ४८ लाख रुपैयाँको ४५ लाख ८२ हजार ८४८ पिस रेडिमेड गार्मेन्ट आयात गरेको छ । साथै, आयातित गार्मेन्टबाट नेपालले ३१ लाख ५५ हजार ८२ हजार राजस्व संकलन गरेको छ ।

त्यसैगरी, नेपालले दुई महिनाको अवधिमा ९ लाख रुपैयाको अष्ट्रेलियाबाट, ३ करोड १८ लाख ५३ हजार बंगलादेशबाट, ५० लाख ४५ हजार रुपैयाँको कम्बोडियाबाट, २ लाख ४७ हजार रुपैयाँको फ्रान्सबाट, ४ लाख ५० हजार रुपैयाँको जर्मनीबाट, २८ लाख ३७ हजार रुपैयाँको हङकङबाट, ४ करोड २२ लाख ८६ हजार रुपैयाँको इन्डोनेसियाबाट र ३१ लाख ६१ हजार रुपैयाँको इटलीबाट रेडिमेड गार्मेन्ट आयात गरेको छ ।

त्यस्तै, १७ लाख ८४ हजार रुपैयाँको जापानबाट, १ करोड ५ लाख ८८ हजार रुपैयाँको दक्षिण कोरियाबाट, १७ लाख ३१ हजार रुपैयाँको कुवेतबाट, १४ लाख ३६ हजार रुपैयाँको मलेसियाबाट, १० लाख १३ हजार रुपैयाँको पाकिस्तानबाट, २७ लाख ६२ हजार रुपैयाँको फिलिपिन्सबाट, २३ लाख २९ हजार रुपैयाँको कतारबाट, ५ लाख रुपैयाँको साउदी अरेबियाबाट, ७ लाख ९१ हजार रुपैयाँको सिंगापुरबाट, ९ लाख ८१ हजार रुपैयाँको श्रीलंकाबाट, ६ लाख ८७ हजार रुपैयाँ ताइवानबाट, ६ करोड ७० लाख ८९ हजार रुपैयाँको थाइल्यान्डबाट, २६ लाख रुपैयाँको टर्कीबाट, ३६ लाख ४९ हजार रुपैयाँको युएईबाट, ५४ लाख रुपैयाँको अमेरिकाबाट र १ करोड १५ लाख ७५ हजार रुपैयाँको भियतनामबाट आयात गरेको छ ।


क्लिकमान्डु