इस्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट



काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीयका लागि भदौ ७ देखि २८ गतेसम्म निष्कासन गरेको सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले आयोजना प्रभावितलाई ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको थियो । जसमा ५ लाख ६९ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो भने बाँकी ५० हजार ३१० कित्ताका लागि आवेदन परेको थिएन ।

आयोजना प्रभावितले नभरेको सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने आईपीओमा थपेर निष्कासन गरिने भएको छ ।


क्लिकमान्डु