राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा विधेयक प्रमाणीकरण गरेकी छन् ।

आइतबार राष्ट्रपति कार्यालयले भण्डारीले संघीय संसदको दुवै सदनबाट पारित भइ प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयकहरु संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको जनाएको छ ।

जसमा शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेय रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जनाएका छन् ।


क्लिकमान्डु