बीमा समितिको आईआरएमआईएस सिस्टमको सेवा अवरूद्ध



काठमाडौं । बीमा समितिको रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम(आईआरएमआईएस)को सेवा अवरूद्ध भएको छ ।

समितिकाअनुसार आज दिउँसो २ बजेदेखि सेवा अवरूद्ध भएको हो । समितिले उक्त सेवा भोलि (१०) गतेसम्म सेवा अवरूद्ध हुने जनाएको छ ।

आइएमआरएस सिस्टमका साथै एजेन्ट तथा सर्भेयरको दर्ता तथा नवीकरण सेवा पनि अवरूद्ध हुने समितिले जानकारी दिएको छ ।

बीमा समितिले इन्स्योरेन्स रेगुलेटरी म्यानेजमेन्ट इन्फरमेसन सिस्टम(आईआरएमआईएस) नामक एकीकृत सफ्टवेयर संचालनमा छ ।

आफ्ना काम कारवाहीलाई चुस्त, दुरूस्त एवंम पारदर्शी बनाउनका लागि भन्दै २०७८ साल साउन १ गतेदेखि नयाँ सफ्टवेयर संचालनमा ल्याएको थियो ।

बीमा कम्पनीहरूबाट कानूनी, उजुरी, नियमन, नीति विश्लेषण र परिपालन सम्बन्धी विषयका साथै दाबी तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी विवरणहरू, बीमालेख तथा बीमाङ्की, अण्डरराइटिङ, वित्तीय एवं लेखापरीक्षण र सूचना प्रविधि सम्बन्धी विवरणहरू नयाँ सफ्टवेयरमार्फत समितिलाई प्राप्त हुनेछन् ।

सफ्टवेयरमार्फत बीमा कम्पनीहरूमा समितिबाट भएका स्थलगत सुपरीवेक्षण, गैरस्थलगत सुपरीवेक्षण, कृषि तथा लघु बीमा र पुनर्बीमा सम्बन्धी विवरणहरूका साथै बीमा अभिकर्ता तथा सर्भेयर र व्यवस्था सूचना प्रणाली सम्बन्धी विवरणहरू समितिलाई प्राप्त हुने छ ।

यस्तै, समितिले बीमा अभिकर्ता तथा बीमा सर्भेयरको इजाजतपत्र नवीकरण पनि अनलाइनबाटै गर्न मिल्ने व्यवस्था गरेको छ ।

समितिले गत चैत ८ गतेदेखि बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतवत्रको नवीकरण डिजिटल माध्यमबाट गर्न मिल्ने व्यवस्था गरेको हो ।


क्लिकमान्डु