बोटलर्स नेपाल (तराई) र बालाजुको लाभांश घोषणा, कुनको कति ?



काठमाडौं । बोटलर्स नेपाल (तराई) र बालाजुले सेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन् ।

दुवै कम्पनीले गत वर्षको नाफाबाट नगद मात्रै लाभांश दिने प्रस्ताव गरेका छन् । कम्पनिले आव २०७८-७९ काे मुनाफाबाट उक्त लाभा‌‌श दिने प्रस्ताव गरेकाे हाे ।

बोटलर्स नेपाल (तराई) ले ६० प्रतिशत र बोटलर्स नेपाल (बालाजु) ले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।

यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित गरेपछि लगानीकर्तालाई वितरण गरिने छ ।


क्लिकमान्डु