कुखुरा तथा अण्डा उत्पादन गर्ने दाउन्ने एग्रोको व्यापार ९ प्रतिशतले घट्यो



काठमाडौं । कुखुरा तथा अण्डा उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको दाउन्ने एग्रो फार्म प्रालिको आम्दानी ९ प्रशिशतले घटेको छ ।

पोल्ट्री फार्म अर्थात् लेयर्स चिकेन र अण्डा उत्पादन गर्दै आएको कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा ९ प्रतिशतयले आम्दानी घटेको हो ।

कम्पनीले सन् २०२२ मा ५० करोड रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ५४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । साथै, कम्पनीले सन् २०२० मा ८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीमा सबैभन्दा बढी किसान दाना उद्योगको स्वामित्व छ । जसमा उक्त कम्पनीको मात्रै २७ प्रतिशत हिस्सा छ ।

रघुनाथ भट्ट अध्यक्ष र विनोद पोखरेल प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९८ करोड २६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७५ करोड ७३ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २२ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२० को मार्चबाट अण्डाको बिक्री वितरण शुरु गरेको थियो । जसमा कम्पनीले राम्रो आम्दानी गरेको जनाएको छ । तर, सन् २०२१ मा भने घटेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु