न्युरोड जाने सवारीलाई आजदेखि रोक, खुलामञ्चमा पार्किङको व्यवस्था



फाइल

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौंको अत्यधिक भिड हुने न्युरोडमा सवारी प्रवेशका लागि निधेष गरिएको गरिएको छ ।

न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपांग्रे सवारीलाई आजबाट खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

असोज ८ गते देखि फुलपातीसम्म यस्तो व्यवस्था लागू गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले बिहान १० बजेदेखि साँझ सवारी चाप सामान्य नभएसम्म ट्राफिक आइसलेण्ड राखिएको स्थानबाट डाइभर्शन गरि खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।

कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई कम गर्न यो व्यवस्था लागू गरिएको बताएको छ ।


क्लिकमान्डु