एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत् स्मार्ट क्युआर भुक्तानी सेवा शुरू



काठमाडौं । एन आइ सी एशिया बैंकका ग्राहकहरुले अब आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी स्मार्ट क्युआरद्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । हाल बैंकका १४ लाखभन्दा बढी मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ता रहेका छन् ।

मोबाईल बैंकिङ्ग एप प्रयोगकर्ताले मोबाईल बैंकिङ्ग एपमा रहेको क्युआर भुक्तानी गर्ने बिकल्प छनौट गरि स्मार्ट क्युआर स्क्यान गरि भुक्तानी गर्न सक्ने छन् ।

साथै, एनआइसी एशिया बैंकमा खाता नभएका ग्राहकहरुले पनि प्ले स्टोर वा एप स्टोरमा गइ एनआइसी एसिया मो बैंक एप डाउनलोड गरि लाइट (वालेट) अकाउन्ट रजिस्टर गरेर पनि सजिलै भुक्तानी गर्न सक्ने छन् ।

यो सुविधा शुरु भएसँगै एनआइसी एशिया बैंकको मोबाइल बैंकिङ्ग सेवामा नया आयाम थपिएको छ । साथै स्मार्ट क्युआरमार्फत् भुक्तानी लिने ब्यबसायीलाई पनि एनआइसी एशिया बैंकका मोबाईल बैंकिङ्ग प्रयोगकर्तासँग भुक्तानी लिन सहज भएको छ ।


क्लिकमान्डु