अदालतलाई बालेनको प्रश्न: टुकुचालाई खोला भन्न नसक्नेले नेपाललाई कसरी देश प्रमाणित गर्छ ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको आदेशमाथि टिप्पणी गरेका छन् ।

चुकुचा खोला उत्खनन गरिरहेको महानगरलाई संरचना नभत्काउन उच्च अदालत पाटनले अन्तरकालीन आदेश जारी गरेको थियो भने आज प्रमाण झिकाउन आदेश जारी गरेसँगै बालको प्रतिक्रिया आएको हो ।

मेयर शाहले सामाजिक सञ्जालमा काठमाडौं उपत्यकाको पुरानो तस्बीर राखेका छन् जहाँ उनले टुकुचा खोलालाई मार्क गरेर प्रस्तुत गरेका छन् ।

तस्बिर राख्दै बालेनले टुकुचा नदीलाई खोला भन्न अदालतले नसकेको भन्दै नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ भन्दै प्रश्न गरेका छन् ।

‘फेरि पनि नदिमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ , अदालतले टुकुचा( इछुमती ) नदिलाई खोला भन्न सक्दैन भने , नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’ बालेनले भनेका छन् ।

कतिपयले टुकुचा नदी नभएर खोल्सोको रुपमा व्याख्या गरिरहेको र अदालतले पनि खोला भन्न नसकेको भन्दै प्रश्न गरेका हुन् ।


क्लिकमान्डु