नागरिकता विधेयक प्रमाणीकरण नभएकामा तमलोपाको असन्तुष्टि



काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टीले सङ्घीय संसद्बाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक समयावधिभित्र प्रमाणीकरण नभएकामा असन्तुष्टि जनाएको छ ।

पार्टीका अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिबाट पालना हुन नसकेको भन्दै असन्तुष्टि जनाइएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा ६१ को (४) मा संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भन्ने उल्लेख छ । पुनःपारित भएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ । ‘


क्लिकमान्डु