सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम न्यून



काठमाडौं । निरन्तर गिरावट आएको बजारमा बुधबार भने केही सुधार देखिएको छ ।

बजार मापन गर्ने सूचक ११.२२ अंकले बढेर परिसूचक १८४८.८२ बिन्दुमा रोकिएको छ । २२६ कम्पनीको २५ लाख ३१ हजार ३७० कित्ता सेयर ७२ करोड १२ लाख ५९ हजार ८८४ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ६.७४, विकास बैंक ४४.७५, वित्त कम्पनीको २७.१५, जलविद्युत ११.७४, जीवन बीमा ३५.५५, उत्पादन तथा प्रशोधन समूहको ५४.७९, माइक्रोफाइनान्स २८.३५, निर्जीबन बीमा समूहको उपसूचक १९.६४ अंकले बढेको छ ।

यो दिन बजारमा दोहोरो अंकको सुुधार आउँदा सामलिङ् पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै समिट लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत कम्पनी, गणपती लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने वन नेपाल लघुवित्त वित्तीय संस्था, राप्ती हाईड्रो एण्ड जनरल कन्ट्रक्सन, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकममा अग्रस्थानमा नबिल बैंक रहेको छ । बैंकको ३ करोड ३८ लाख १५ हजार ४४८ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः रिडी पावर कम्पनी र हिमालयन डिस्ट्रिलरी कम्पनी रहेको छ ।


क्लिकमान्डु